ए डिभिजन लिग : फ्रेण्ड्सकाे तेस्रो जित, च्यासल एक-शून्यले पराजित

 माघ १६, २०७६ बिहीबार १४:३६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबले तेस्रो जित निकालेको छ ।

दशरथ रंगशालामा भएकाे नवौँ चरणको खेलमा च्यासल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा फ्रेण्ड्स क्लब नवौँ स्थानमा उक्लिएको छ ।

फ्रेण्ड्सको ११ अंक छ भने पराजित भएको च्यासल ९ अंकसहित दशौँ स्थानमा झरेको छ ।

फ्रेण्ड्सलाई जिताउन ८४ औंँ मिनेटमा उत्तम कार्कीले गरेको गोल नै निर्णायक बन्यो ।

विश्व अधिकारीले प्रहार गरेको फ्रि किकलाई च्यासलका किपर बचाउन खोज्दा रिबाउण्ड भएको बललाई उत्तम कार्कीले गोलमा परिणत गरेका थिए । लिगको नवौँ चरण अन्तर्गत आज अन्तिम खेलमा एनआरटी र ब्रिगेड ब्वाइजले अहिले तीन बजे प्रतिस्पर्धा गर्दैछन् ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया