प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान
चैत ५, २०८१ मंगलबार
काठमाण्डौ – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले एमसीसी परियोजना कार्यान्वयनमा आइसकेको बताउनुभएको हो । बाँस्कोटाले एमसीसी संसदको आगामी बैठकमा पेश हुने पनि बताउनुभयो ।
अमेरिकी कांग्रेसबाट पारित भइसकेको उल्लेख गर्नुहुँदै बाँस्कोटाले भन्नुभयो, ‘संसदमा लगिसकियाे । अब संसद जहिले सुरु हुन्छ पेश हुन्छ । एमसीसी कार्यान्वयनमा गइसक्यो । कार्यान्वयनको प्रकृयासमेत सुरु भइसक्यो ।’
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि एमसीसी पारित गर्ने विषयमा आफ्नो स्पष्ट धारणा राखिसकेकाले पारित हुने उहाँले बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकबबाट पारित भएर परियोजना अगाडी बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो अगाडि बढ्छ । प्रधानमन्त्रीले पनि स्पष्ट भन्नुभएको छ । यो पास हुन्छ, संसदले पास गर्छ । केन्द्रीय कमिटीले यो पास गर्छ । त्यती हो कुरा मैले भन्ने ।’
बास्कोटाले चीनले अघि सारेको बीआरआई परियोजना अमेरिकालाई छेक्न र एमसीसी चीनलाई घेर्न नआएको स्पष्टीकरण समेत दिनुभएको छ । उहाँले आफूलाई इण्डो प्यासिफिकका विषयमा भने कुनै जानकारी नभएको उल्लेख गर्नुभयो ।
इण्डो प्यासिफिक अमेरिकी पोलिसी भएको र नेपाल असंग्न परराष्ट्र नीतिमा अडिग रहेकाले त्यसले कुनै पनि असर गर्दैन, बास्कोटाले भन्नुभयो । देशको आर्थिक, सामाजिक रुपान्तरणका लागि चीनले अघि सारेको परियोजना बिआरआई पनि नेपाल सहभागि रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसको ब्याख्याता आफूहरु नभएको बताउनुएको छ ।
नेपाल कुनै पनि देशको सैन्य गतिविधिमा संलग्न नहुने उल्लेख गर्नुहुँदै बास्कोटाले भन्नुभयो, ‘एमसीसीमा सैन्य प्रस्ताव छ कि छैन भन्ने कुरा हेर्नुपर्यो । प्रतिवेदनमा पनि छ, छैन भनेर भन्नु पर्दैन । छ भने पनि देखिन्छ, छैन भने पनि देखिन्छ । यसमा कुनै सैन्य गतिविधिमा संलग्न हुनुपर्ने हो भने हामी त्यो मान्दैनौँ, एकमद प्रष्ट छ ।’
एमसीसी सैन्य गतिविधिसँग सम्बन्धित छ भनेर कराउनुभन्दा पनि यति नम्बरमा छ भनेर देखाउन बाँस्कोटाले चुनौतीसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘सैन्य गतिविधि छ भनेर स्याल जस्तो कराउनु पर्दैन । छ भने यति नम्बर बुँदामा छ भन्यो, सकियो त ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।