निजी विमान कम्पनीहरूले रामेछाप विमानस्थलबाट लुक्ला उडान थाले
चैत ५, २०८१ मंगलबार
स्याङ्जा - नेपाल विद्युत प्राधिकरणले स्याङ्जाको मिर्मीमा नयाँ सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणको योजना तथा प्राविधिक सेवा विभाग अन्तर्गतको विस्तारित विद्युत वितरण आयोजना र वितरण प्रणाली सुदृढीकरण आयोजनाको संयुक्त प्रयासमा उक्त सबस्टेसन निर्माण गरिएको हो ।
कालिगण्डकी जलविद्युत केन्द्रको ड्यामसाइट नजिक रहेको कर्मचारी आवास क्षेत्रको छेउमा साविकको ईटाली चोकमा रहेको पुरानो जीर्ण सबस्टेसनकाे स्तराेन्नति गरिएकाे हाे ।
साविककाे ३३र११ केभी र १।५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर बाट लाईन वितरण भइ आएकोमा स्तरोन्नति गरी ३३र११ केभी।, ६र८ एमभीए को पावर ट्रान्सफर्मर जडान गरिनुका साथै झण्डै १२ किलो मिटर ११ केभी लाइनसमेत निर्माण गरिएको छ।
हाल त्यस ठाउँमा सञ्चालन गरिएको सबस्टेसन बाट स्याङ्जाको मिर्मी लगायत सेतिबेनी, बिर्घा र गल्याङको केही भाग, गुल्मी जिल्लाको केही भाग, पर्बत जिल्लाको केही भागलगायत रुरु क्षेत्रमा समेत विद्युत सेवाको गुणस्तरमा सुधार र वितरण प्रणालीमा सहज भएकाे स्याङ्जा वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीले बताउनु भयो ।
नयाँ सबस्टेसनबाट बिर्घा र सेतीबेनी फिडर सञ्चालन गरिएको छ भने थप अर्को ११ के।भी। फिडरको लागी लाइन वितरण गर्ने संरचना समेत तयारी अवस्थामा राखिएको आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुबेदीले बताउनु भयो ।
सबस्टेसन निर्माणका क्रममा केही स्थानीयबाट काममा रोकावट भइ काम हुन नसकेकोमा हाल कालिगण्डकी गाँउपालिका, स्याङ्जा वितरण केन्द्र र कालिगण्डकी जलविद्युत केन्द्रको समन्वयमा त्यस नो लाइट भवनको बाँकी कामसमेत अबको १ महिना भित्रमा सम्पन्न हुने गरी निर्माण कार्यलाई अगाडि बढाइएको आयोजना प्रमुख बोधराज ढकालले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।