भारतविरुद्धकाे एक दिवसीयका लागि न्युजिल्याण्डकाे टाेली घाेषणा

 माघ १६, २०७६ बिहिबार २०:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

न्युजिल्यान्डले भारतविरुद्ध खेलिने तीन एक दिवसीयका लागि आफ्नो टाेली घोषणा गरेको छ ।

न्युजिल्यान्डले पहिलो पटक एक दिवसीय टोलीमा काइल जामेसनलाई मौका दिएकाे छ । यस बाहेक, किवि टीमका तीव्र गतिका बलर स्कट कुगलेन र हमीश बेनेट तीन वर्षपछि एक दिवसीय टीममा फर्किएका छन् ।

किवि टीमका अनुभवी तीव्र बलर ट्रेन्ट बाेल्ट, लकी फर्गुसन र म्याट हेनरी गम्भीर चोटका कारण टिमबाट बाहिरिएका छन् । उनीहरुकाे चाेटपछि टम लाथमलाई न्युजिल्यान्डको १३ सदस्यीय एक दिवसीय टोलीमा समावेश गरिएको हाे ।

विश्वकप २०१९ को फाइनलपछि पहिलो पटक किवि टिमले एक दिवसीय खेल खेल्नेछ । इश सोधीले पहिलो खेलको लागि मात्र टोलीमा स्थान पाएका छन् किनभने ७ फेब्रुअरीदेखि उनले भारत ए विरुद्ध अनौपचारिक टेस्ट खेल खेल्ने छन् ।

तीन खेलको एक दिवसीय श्रृंखलाको पहिलो खेल ५ फेब्रुअरीमा ह्यामिल्टनको सेडेन पार्कमा हुनेछ । दोस्रो खेल ८ फेब्रुअरीमा अक्ल्याण्डको इडेन पार्कमा र अन्तिम खेल ११ फेब्रुअरीमा माउन्ट माउन्ग्नुईमा खेल्ने छ ।

यस्ताे छ न्युजिल्यान्डकाे एक दिवसीय टाेली

केन विलियम्सन (कप्तान), हमिश बेनेट, टम ब्लन्डल, कोलिन डी ग्रान्डहाेम, मार्टिन गप्टिल, काइल जेमिसन, स्कट कुजेलिन, टम लाथम(विकेट कीपर), जिमी नीशाम, हेनरी निकोलश, मिशेल स्यान्टनर, ईश सोधी (पहिलो एक दिवसीय), टीम साउदी, रस टेलर ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया