निजी विमान कम्पनीहरूले रामेछाप विमानस्थलबाट लुक्ला उडान थाले
चैत ५, २०८१ मंगलबार
काठमाण्डाै – कोरोना भाइरसबारे जाँच, स्वास्थ्यकर्मीलाई तालिम र चेतना अभिवृद्धि कार्यक्रमका लागि डाक्टरसहितको टोली केरुङ र तातोपानी नाकामा पुग्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहितको टोली शुक्रबार रसुवागढी र तातोपानी नाकामा पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
टोलीले नाकाका हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीलाई जाँच र सावधानीका बारेमा तालिम दिनुका साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, पालिका प्रमुखहरु, प्रहरी लगायतलाई कोरोना र सावधानीका बारेमा जानकारी गराउने पनि प्रवक्ता श्रेष्ठले बताउनु भयाे ।
नेपाल र चीन सरकारको सहमतिमा केरुङ र तातोपानी नाका १५ दिनका लागि बन्द गरिए पनि मानिसको आवातजावात भैरहेकोले सावधानी अपनाइएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । शुक्रबार गएकाे टोलीले कोरोना जाँचका लागि थप उपकरण समेत लगेको छ ।
यसैबीच प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको शङ्का लागेको भए परीक्षणका लागि अस्पताल जान आग्रह पनि गर्नु भएको छ । सरकारले यसअघि चीनबाट फर्किएका व्यक्तिको मात्रै परीक्षण गर्ने बताएको भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोनासँग मिल्ने लक्षण देखिए वा शङ्का लागेमा परीक्षणका लागि अस्पताल जान अनुरोध गर्नु भएको हो ।
ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु कोरोना भाइरसको मुख्य लक्षण हो । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने गरेमा यस रोगबाट बच्न सकिने डाक्टरले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।