जापान भ्रमण विवादमा परेपछि कोशी प्रदेशका मन्त्री लीलावल्लभ अधि...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - अस्ट्रेलियामा जारी बिग ब्याश लिग क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्स क्वालिफायर्समा सिड्नी सिक्सर्ससँग ४३ रनले पराजित भएको छ ।
सन्दीप भने नेपाल अमेरिका र ओमानबीचको त्रिकोणीय सिरिजका लागि नेपाल आइसकेका छन् ।
१४३ रनको लक्ष्य पछ्याएको मेलबर्न १८ औंँ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा समेटिन पुग्यो । मेलबर्नका तीनजना खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाएका थिए । उसका कप्तान ग्लेन म्याक्सवेल र निक म्याडिन्सनलले १६–१६ रन बनाउँदा क्लिन्ट हिन्चक्लिफले नट आउट २५ रन बनाए पनि हार भने टार्न सकेनन् ।
सिड्नीका लागि सिन एबोटले तीन तथा जस हेजलवुड र स्टेफनले दुई-दुई विकेट हात पारे । समूह चरणमा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको मेलवर्नलाई अब फाइनल प्रवेशका लागि एक मौका पाउने छ । उसले सिड्नी थन्डर र एडिलेड स्टाइकर्सबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नु पर्नेछ ।
पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । उसका लागि जोस फिलिपेले ३४ रन जोडेका थिए । जोर्डन सिल्क २५ रनमा नटआउट रहंदा स्टिभ स्मिथले २४ रन बनाएर पेभेलियन फर्किए ।
मेलबर्नका लागि एडम जाम्पाले ३ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।