प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान
चैत ५, २०८१ मंगलबार
काठमाण्डाै - शनिबार अकुपाइ टुँडिखेल अभियान अन्तर्गत बितेका तीन महिनामा भएका प्रगतिहरुको बारेमा जानकारी दिइएको छ ।
बितेका तीन महिनामा भएका उपलब्धि र अब अभियानले गर्ने कार्यक्रमहरुको बारेमा शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हाे । अभियानका प्रवक्ता संजय अधिकारीले अभियान सुरु गरेको तीन महिना बिते पनि सोचेजस्तो प्रगति हुन नसकेको बताउनुभयो ।
आउँदाे हप्ता महानगरपालिकाको कार्यालमा गएर अनुगमन प्रतिवेदन कार्यान्वयका लागि दबाव दिने, वन तथा वातावरण मन्त्रालयम गएर टुंडिखेललाई संरक्षीत क्षेत्र घोषणा गराउने लगायतका कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
मानवअधिकारकर्मी कपिल श्रेष्ठले विपि कोइरालादेखि पुष्पकमल दाहालसम्मको सभा हुँदा रत्नपार्कदेखि वीर अस्पतालसम्म जनताहरु हुने भएपनि अहिले सबै ठाउँ अतिक्रमणमा पर्दै गएको बताउनुभयो ।
वीर अस्पतालका पूर्व निर्देशक भूपेन्द्र बस्नेतले २०७२ सालमा भूकम्पको समयमा धेरैको आश्रयस्थत टुंडिखेल भएपनि अहिले त्यस्तो अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
अभियानले अपलब्धिका रुपमा खुला ठाउँको पक्षमा जनमत निर्माण भएको, स्थानीय सरकारलाई उत्तरदायी बनाउने प्रयास भएको र वीर अस्पतालको भवन निर्माणको क्रममा राखिएका सामाग्री तथा कामदारको वासस्थान सो सरोकारवालासँगको सहकार्यमा हटाउन सुरु गरिएकोलाई लिएको छ ।
अभियानले प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने योजना घोषणासमेत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।