तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
भारत सरकारले सन् २०२०/२१ का लागि बजेट सार्वजनिक गरेको छ ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले तीन खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर अर्थात् २६९ खर्ब ८५ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । बजेटमा आयकरमा नयाँ व्यवस्था गरिएको छ ।
उच्च वर्गको लागि आयकर बढाइएको छ भने मध्यमलाई न्यून गरिएको छ । वार्षिक पाँच लाखसम्म आम्दानी गर्ने व्यक्तिहरुले आयकर तिर्नु नपर्ने भएको छ ।
यस्तै साढे सात लाखसम्म आम्दानी गर्नेलाई १० प्रतिशत, १० लाखदेखि साढे १२ लाखसम्म आम्दानी हुनेलाई २० प्रतिशत र साढे १२ लाखदेखि १५ लाखसम्म वार्षिक आम्दानी हुनेले २५ प्रतिशत आयकर तिुर्नपर्ने व्यवस्था गरिएको छ । त्यस्तै बजेटमा १० प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको छ ।