८ महिनामा २० वटा गैंडा मरे, चोरी–शिकारीबाट हुने मृत्यु शून्य
चैत ५, २०८१ मंगलबार
माेरङ – बुद्ध एअरले विराटनगरबाट पोखरा उडान सुरु गरेको छ ।
पोखराबाट विराटनगरको लागि पहिलो उडान साेमबार बिहान ११ बजेर ४५ मिनेटमा भएको थियो । झण्डै १ घण्टा ५ मिनेटको उडानपछि विराटनगर विमानस्थलमा अवतरण गरेको बिच एयरक्राफ्ट १९०० डी को १८ सिटे जहाजले १७ जना यात्रु ल्याएको थियो ।
त्यही जहाज विराटनगरबाट १ बजेर १० मिनेटमा १७ जना यात्रु बोकेर पोखराको लागि उडान गरेको बुद्ध एअर विराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले जानकारी दिनुभयो ।
हप्तामा नियमित तीन वटा उडान गर्ने तयारीका साथ विराटनगर–पोखरा उडान सुरु भएको हो । सोमबार, बुधबार र शुक्रबार नियमित तालिकामा उडान हुने बुद्ध एअरले जनाएको छ ।
विराटनगरबाट पोखराको उडानको लागि न्यूनतम भाडादरमा उडान सुरु भएकाे भण्डारीको भनाइ छ । उहाँका अनुसार विराटनगर–पोखराको लागि ६ हजार दुई सय भाडादर निर्धारण गरिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।