८ महिनामा २० वटा गैंडा मरे, चोरी–शिकारीबाट हुने मृत्यु शून्य
चैत ५, २०८१ मंगलबार
काठमाण्डाै – मङ्गलबार विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदै छ । ‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
समयमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आएको छ ।
सन् २०१८ को तथ्याङ्कअनुसार विश्वभर क्यान्सरका कारण ९ करोड ६ लाख मानिसको ज्यान गएको छ भने झण्डै एक करोड ८१ लाख क्यान्सरका नयाँ बिरामी थपिएकाे विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।
सङ्गठनका अनुसार पाँच जनामध्ये एक पुरुष र ६ जनामध्ये एक महिलामा क्यान्सर हुने गरेको छ भने आठ जनामध्ये एक पुरुष र ११ जनामध्ये एक महिलाको क्यान्सरका कारण ज्यान जाने गरेको छ ।
नेपालमा भने झण्डै ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ । नेपालमा ८१ प्रतिशत क्यान्सरका बिरामी भने अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल जाने गरेका सरकारी तथ्याङ्क छ ।
नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । चुरोट, सूर्ती, गुट्खालगायत सूर्तीजन्य पदार्थ खाने व्यक्तिमा क्यान्सर लाग्ने खतरा धेरै हुने डाक्टरको भनाइ छ । विभिन्न अध्ययनअनुसार क्यान्सर लागेका मध्ये ९० प्रतिशतलाई सूर्तीजन्य वस्तुका कारण क्यान्सर हुने गरेको पाइएको छ ।
यस्तै ५ देखि १० प्रतिशत आनुवांशिक कारणले क्यान्सर हुने डाक्टरले बताएका छन् । विकसित देशमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्दै गएको सङ्गठनले जनाएको छ ।
यस्तै खानपानमा ध्यान दिए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने पनि सङ्गठनले जनाएको छ । सुरुवाती चरणमा नै उपचार गरे क्यान्सर निको हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाईँले बताउनु भयो । तर आवश्यक उपकरण नहुँदा पनि क्यान्सरको उपचारमा समस्या भएको उहाँको भनाइ छ ।
उहाँका अनुसार १० हजार बिरामीको लागी एउटा 'रेडिएशन थेरापी मेसिन' हुनुपर्ने भए पनि नेपालमा जम्मा ८–९ वटा मात्रै रेडिएसन मेसिन छन् ।
कमजोरी महसुस हुनु र तौल घट्नु, शरीरका कुनै पनि अङ्गमा गिर्खा वा गाँठा आउँनु, छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जानु, मुख वा जिब्रोमा लामो समयदेखि घाउ हुनु, खाना निल्दा दुख्नु र स्वर फेरिनु, लामो समयदेखि ग्यास्ट्रिक, पेट पोल्ने वा वान्ता हुनु जस्ता अवस्था क्यान्सरका लक्षण हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।