महावीर पुनकाे आविष्कार केन्द्रलाई फेसबुक ग्रुप 'मेन्ज रुम रिलाेडेड' काे सहयाेग

 माघ २१, २०७६ मंगलबार १३:५५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फेसबुक ग्रुप मेन्ज रुम रिलोडेड 'एमआरआर' ले राष्ट्रिय आविष्कार केन्द्रलाई तीन लाख पाँच हजार रुपैयाँ बराबरकाे सामान सहयोग गरेको छ ।

समूहले देशभित्र र बाहिरबाट सङ्कलन गरिएको रकमबाट इलेक्ट्रिक पाइप, बेन्डर, पगकटर लगायतका मेसिनरी सामान केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरेको हो ।

सहयोग सामग्री बुझ्दै प्रमुख पुनले आर्थिक र मेसिनरी सहयोगसँगै युवाहरुले केन्द्रलाई बौद्धिक सहयोग पनि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमआरआरले आविष्कार केन्द्रलाई थप मानिसहरुसम्म पुर्‍याउन र यसको उद्देश्य विस्तार गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सहयोगको कार्यक्रमलाई संयोजन गर्नुभएका गणेश कार्कीले नेपाली युवा समाजका नराम्रा कुराहरुको खबरदारीसँगै राम्रा कामलाई प्रोत्साहन गर्छन् भन्ने सन्देश दिन र आविष्कार केन्द्रको कामप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको बताउनु भयो ।  
 

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया