भारतीय क्रिकेट टाेलीलाई आईसीसीकाे ठूलाे कारबाही, 'म्याच फी' काे ८० प्रतिशत जरिबाना

 माघ २३, २०७६ बिहीबार ९:२९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेलमा चार विकेटले पराजित भएकाे भारतमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जरिबाना लगाएको छ ।

पहिलाे एकदिवसीयमा 'स्लो ओभर रेट' मा बलिङ गरेको भन्दै भारतमाथि आईसीसीले खेलको ८० प्रतिशत 'म्याच फी' काे जरिबाना लगाएको हो । आईसीसी एलाइट प्यानलका म्याच रेफ्री क्रिस बोर्डका अनुसार भारतले चार ओभर 'स्लो रेट' मा गरेको भन्दै जरिबाना लगाइएकाे हाे । 

आईसीसीको 'कोड अफ कन्डक्ट' अन्तर्गत २.२२ मा आधारित भएर भारतमाथि जरिबाना लगाइएको हो । आईसीसीले तोकेको भन्दा कम रेटमा बलिङ गरेको भन्दै प्रत्येक खेलाडीलाई २० प्रतिशत जरिबाना लगाएको हो ।

भारतीय कप्तान विराट कोहलीले पनि गल्तीलाई स्वीकार्दै जरिबाना तिर्न तयार रहेको बताए । 

यसअघि पनि आईसीसीले गएकाे आइतबार न्युजिल्याण्डविरुद्धकाे पाँचाैँ टी–२० मा ‘स्लो ओभर रेट’ का कारण भारतलाई २० प्रतिशत रकम जरिबाना लगाएको थियो । त्यस्तै गएकाे शुक्रबार न्युजिल्यान्डसँगको चौथो टी–२औ मा ‘स्लो ओभर रेट’ को कारण आईसीसीले भारतलाई ४० प्रतिशत रकम जरिबाना लगाएको थियो ।

तीन खेलकाे एकदिवसीय श्रृङ्खलाअन्तर्गत दाेस्राे एकदिवसीय खेल आउँदाे शनिबार हुनेछ । यसअघि भएकाे पाँच खेलकाे टी–२० श्रृङ्खला भारतले क्लिनस्वीप गरेकाे थियाे । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया