प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान
चैत ५, २०८१ मंगलबार
काठमाण्डाै - भारतको मुम्बइमा भएको पर्यटन मेलामा नेपालको स्टल उत्कृष्ट भएको छ ।
फेब्रुअरी ३ देखि ५ तारिखसम्म मुम्बइमा भएको आउटबाउन्ड टुरिज्म मार्केटमा नेपालले प्यागोडा शैलीमा तयार पारेको स्टलले उत्कृष्ट स्टलको उपाधि पाएको हो । ५५ देशका ११ सय बिक्रेता र २० हजार क्रेताको सहभागिता रहेको मेलामा नेपालको पर्यटन बोर्डसहित १९ वटा निजी क्षेत्रकोसमेत सहभागिता थियो ।
नेपालको स्टलमा उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराज र ग्रिसका पर्यटनमन्त्री ह्यारिस थ्योचारिसले भ्रमण गरेर तारिफ गर्नुभएको थियो । पर्यटन बोर्डले मुम्बइको मेलामा नेपाल भ्रमण वर्षकोसमेत मनग्य प्रचार प्रचार भएको जनाएको छ ।
मुम्बइमा नेपाल एअरलाइन्सले हप्तामा तीन वटा उडान गर्दै आएकोले त्यहाँका धेरै पर्यटक तान्न सकिने सम्भावना रहेको पनि बोर्डले जनाएको छ । नेपाल आउने कुल पर्यटकको १९ प्रतिशत हिस्सा भारतीयको रहँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।