जापान भ्रमण विवादमा परेपछि कोशी प्रदेशका मन्त्री लीलावल्लभ अधि...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डाै - आईसीसी विश्वकप लिग २ क्रिकेटमा ओमान ६ विकेटले विजयी भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा अमेरिकाले दिएको २१४ रनको लक्ष्य पछ्याएको ओमानले ४ विकेट गुमाएर ४९.३ ओभरमा लक्ष्य पूरा गरेको हो । ओमानको यो लगातार दोस्रो जित हो । यसअघि ओमानले बुधबार नेपालाई पराजित गरेको थियो ।
लक्ष्य पछ्याउने क्रममा ओमानका अकिब इलियसले सर्वाधिक ७२ रन बनाएका थिए । यसैगरी मोहम्द नदीमले नट आउट ५५ रन बनाउँदा खवर अलि ३१ रनमा आउट भए । यसैगरी नेपाली मुलका ओमानका खेलाडी सुरज कुमारले पनि ३० रनको अविजित पारी खेले ।
पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको थियो । अमेरिकाका लागि इयन हल्याण्डले ६५ रन बनाउँदा अक्षय होमराजले ४४ रन बनाएका थिए । यस्तै मोनाक पटेलले १९ रन बनाए ।
बलिङतर्फ ओमानका मोहम्मद नदीमले सर्वाधिक ३ विकेट लिएका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार कुनै पनि खेल हुने छैन । शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।