बङ्गलादेश पहिलाे पटक यू–१९ विश्वकपकाे फाइनलमा

 माघ २४, २०७६ शुक्रबार ८:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण अफ्रिकामा भैरहेको यू–१९ विश्वकप २०२० को दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै बङ्गलादेश फाइनलमा पुगेको छ । 

अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । बङ्गलादेशले पहिलो पटक यू–१९ विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । भारत र बङ्गलादेशबीचको फाइनल खेल आउँदो आइतबार हुनेछ ।

भारतले पहिलो सेमिफाइनलमा पाकिस्तानलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

यसअघि भारतले ६ पटक फाइनल खेल्दा चार पटक उपाधि जितिसकेको छ । भारतीय टिमले यसपटक पनि फाइनल जितेको अवस्थामा पाँचौ पटक यू–१९ विश्वकपको उपाधि जित्ने रेकर्ड बनाउनेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया