प्रिमियर लिगमा चेल्सी विजयी, टाेटनह्याम २–१ ले स्तब्ध

 फागुन ११, २०७६ आइतबार ६:२०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले टोटनह्याम हटस्परलाई दुई–एक गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा जिरुड र ओलान्सोले एक गोल गरेका थिए भने टोटनह्यामको एक गोल पनि चेल्सीकै रोड्रिगेजले उपहार दिएका थिए । जितसँगै चेल्सी प्रिमियर लिग तालिकामा ४४ अङ्कका साथ चौथो स्थानमा यथावत् रहेको छ ।

१५औँ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको चेल्सीका लागि दोस्रो गोल ४८औँ मिनेटमा मार्कस ओलान्सोले गरेका थिए ।

तर ८९औँ मिनेटमा जेम्स रोड्रिगेजले आत्मघाती गोल गरेपछि टोटनह्यामले अग्रता दुई–एकमा ल्याएको थियो । पराजित भएको टोटनह्याम ४० अङ्कका साथ पाँचौँ स्थानमा छ । 

शनिबार नै भएका अन्य खेलमा क्रिस्टल प्यालेसले न्युक्यासललाई एक–शून्यले हराएको छ । त्यस्तै बर्नले एफसीले बर्नमाउथलाई तीन–शून्यले पराजित गरेको छ । 

शेफिल्ड युनाइटेड र ब्राइटनले एक–एक गोलको बराबरी खेल्दा साउथह्याम्पटनले एक्टन भिल्लालाई दुई–शून्यले पराजित गरेको छ । त्यस्तै म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई एक–शून्यले पराजित गरेको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया