च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डौ - लिग वान क्लब पीएसजीका फरवार्ड एडिन्सन कभानीले पीएसजीका लागि २०० औँ गोल पूरा गरेका छन् । आइतबार भएको बोर्डिक्सविरुद्धको खेलमा गोल गर्दै उनले कीर्तिमानी दुई सयाैँ गोल पूरा गरे ।
बोर्डिक्सविरुद्धको खेलमा पीएसजीका खेलाडीहरुको जर्सिमा चाइनिज अक्षरमा कोरोना भाइरससँग लडिरहेको चीनलाई मजबुत रहनका लागि सन्देश दिएको थियो ।
उरुग्वेका खेलाडी कभानी पीएसजीका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले २०१८ मा नै सर्वाधिक गोलकर्ताको रुपमा रहेका ज्लाटन इब्राहिमोबीचको १५६ गोलको रेकर्ड तोडेका थिए ।
कभानी सन् २०१३ मा नापोलीबाट पीएसजीमा अनुबन्धित भएका थिए । उनले पीएसजीका लागि लिग वानमा १३८ गोल, च्याम्पियन्स लिगमा ३० गोल तथा घरेलु कपमा ३२ गोल गरेका छन् ।