प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडि बढ्न नसक्ने आराेप लगाउनु भएकाे छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले यस्ताे आराेप लगाउनु भएकाे हाे ।
‘नेकपाको समाजवाद कमिसनवादबिना टिक्न सक्छ र ?’ भन्ने प्रश्न गर्दै सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘नेकपाको रानीतिक दस्तावेजमा कमिसनवादलाई कानुनी रुप दिन खोजिएको छ । कमिसनवाद र समाजवादमा के सम्बन्ध छ ?’
सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोपसमेत लगाउनुभएको छ । नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार 'भ्रष्टाचार' हुने भन्दै उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘विधिकाे शासन कहाँ गयो ?’
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रवृत्ति हावी भएको बताउनुभयो।
बाँस्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खबरहरु सार्वजनिक भएको प्रसङ्गमा उहाँले बाँस्कोटामाथि छानबिन गर्न हो कि बचाउन छापा मारेको भन्दै प्रश्न गर्नुभयो ।
हुवेईदेखि लिएर यति होल्डिङसम्म सरकार अड्को दावी गर्दै गिरीले यो विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताउनुभयो ।