जनस्वास्थ्य प्रयोगशालाले आईएसओ मान्यता पाउने संभावना प्रबल

 फागुन १७, २०७६ शनिबार ७:४२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आईएसओ १५१८९ मान्यता पाउने प्रबल संभावना भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको यो प्रमाणपत्र पाएपछि नेपालमा नै सबैखाले परीक्षणले मान्यता पाउने छ । पहिलाको तुलनामा अहिले धेरै नयाँ प्रविधिको प्रयोग गरेर आईएसओ मान्यता नजिक पुगेको निर्देशक डाक्टर रुणा झाले बताउनु भयो ।

आईएसओ प्रमाणीकरणका लागि सयभन्दा बढी कागजपत्र तयार पारेको डाक्टर झाले भन्नुभयो । आर्ईएसओ सर्टिफाईड हुनका लागि आईएसओ वान फाईभ वान एट नाईन  प्रमाणीकरण हुनुपर्छ ।

‘अहिले सम्म निजी संस्थाबाट संभव नभएकाले सारकारी तवरबाट यो मान्यता पाउनु धेरै ठूलो उदाहरण हुनेछ’, डा. झाले भन्नुभयो ।

यो मान्तया पाएपछि विश्वभर नै राम्रो सूचना प्रवाह गर्न सकिने उहाँको दावी छ । अहिले कोरोना तथा इन्फ्लुएन्जाको रिपोर्टको लागि चार जना लगातार आठ घण्टासम्म खटिनुपर्ने डाक्टर झाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया