स्वास्थ्य परीक्षणका लागि खरिपाटी क्वोरेण्टाइनमा राखिएकाबाट नमुना संकलन

 फागुन १७, २०७६ शनिबार १७:२५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भक्तपुरकाे खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको स्वास्थ्य परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । 

कोरोना भाइरसको सङ्क्रमण फैलिएकाे चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनालाई कोरोना भए नभएकोबारे जाँच गर्न उनीहरुबाट र्‍याल र घाँटीको स्वाब संकलन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्किलत नमुनाकाे परीक्षण गरिने छ । यसकाे रिपोर्ट आउन झण्डै तीन दिन लाग्ने र रिपोर्टमा कोरोना नभएको पाइए क्वारेन्टाइनमा राखिएका १ सय ९३ जनालाई आउँदो बुधबारसम्ममा परिवारको जिम्मा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया