साझा पार्टीको माग : संघीयता र धर्म निरपेक्षताबारे जनमत सङ्ग्रह हुनुपर्ने

 फागुन १७, २०७६ शनिबार १८:२८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काडमाण्डौ – रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीले संघीयता र धर्म निरपेक्षका विषयमा जनमत सङ्ग्रह गर्न  माग गरेको छ । 

लुम्बिनीमा शनिबार सम्पन्न साझा पार्टीको राष्ट्रिय भेलाले संघीयता र धर्मनिरपेक्ष विवादित बन्दै गएको भन्दै यी विषयमा जनमत संग्रह गर्न माग गरेको हो । भ्रष्टाचार र नीतिगत अराजकता अन्त्य गर्न भन्दै पार्टीले २०४६ सालदेखि उच्च राजनीतिक र प्रशासनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने समेत माग गरेको छ ।

छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने पार्टीको भनाइ छ । यस्तै, सरकारी तलब लिने कर्मचारीहरुको युनियन खारेज गर्नुपर्ने र सांसद तथा जनप्रतिनिधिका नाममा वितरण हँुदै आएको बजेट रोकेर त्यो रकम शिक्षा क्षेत्रमा खर्च गर्नुपर्ने माग समेत पार्टीले गरेको छ ।

त्यसैगरी, गरिबीको रेखामुनि रहेका मजदुर, किसान, सुकुम्बासी, विद्यार्थी र अन्य नागरिकलाई सक्दो सहुलियत दरमा खाद्यवस्तु उपलब्ध गराउन रासन कार्डको व्यवस्था गर्न पनि साझा पार्टीले माग गरेको छ । 

लुम्बिनी घोषणापत्र जारी गर्दै साझा पार्टीले आगामी एक वर्षको कार्ययोजना समेत पारित गरेको छ । कार्ययोजनामा वर्षभरि संगठन विस्तारलाई जोड दिने र समान विचार राख्ने दलसँग एकता गर्ने घोषणापत्रमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया