ग्रील व्यवसायी भन्छन् - तत्काल सामाजिक सुरक्षा कोषमा जान सक्दैनाैँ

 फागुन १७, २०७६ शनिबार १९:२३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ग्रील तथा स्टील व्यवसायीहरुले तत्काल सामाजिक सुरक्षा कोषमा जान नसकिने बताएका छन् । सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य जानैपर्ने नियम बनाए पनि तत्काल त्यो अवस्था नरहेको व्यवसायीहरुले बताएका हुन् । 

ग्रील तथा स्टील व्यवसायी महासंघका अधयक्ष मोहन कटुवालले तत्काल सामाजिक सुरक्षा कोषमा जान सक्ने अवस्था नभए पनि ढिलो चाँडो जानैपर्ने बताउनुभयो । न्यूनतम पारिश्रमिक दिनुपर्ने अवस्थामा पनि समस्या भइरहेको बेला सामाजिक सुरक्षा कोषमा तत्काल जान नसकिने उहाँले बताउनुभएको हो । 

मजदूरहरुको न्युनतम ज्याला र तलब, सुरक्षाका दृष्टिकोणले आवश्यक पर्ने सामग्रीहरुको उचित व्यवस्थापन गर्न पनि उहाँले उद्योगीहरुलाई आग्रह गर्नुभयो ।उहाँले संघभित्र देखिएका कमजोरीहरु हटाएर अगाडि बढ्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । साथै व्यवसायीहरुलाई व्यवसायीक बन्न पनि उहाँले आग्रह गर्नुभयो ।

अवैधानिक व्यवसाय गरिरहेकाहरुलाई महासंघले कारबाही गर्ने चेतावनी दिँदै अध्यक्ष कटुवालले बजारमा समान मूल्यका आधारमा काम गर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया