तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाडौं - नेपाल वायु सेवा निगमले अर्को ठूलो विमान ‘मकालु’ काठमाडौं ल्याएको छ ।
वाइड बडी ए ३३०–२०० सिरिजको विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आएको हो ।
विमानको कलसाइन ‘नाइन एन एएलजेट’ रहेको निगमले जनाएको छ । विमान अवतरण हुँदा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो ।
विमानको स्वागत गर्न विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी र निगमका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।
वाइड बडी ए ३३०–२०० सिरिजको यो विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो । निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ गएको असार १४ गते विमानस्थलमा अवतरण गरेको थियो ।
दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।
बिहीबार अवतरण गरेको जहाज सबै प्रक्रिया पूरा गरेर आउँदो चार हप्तापछि अन्तर्राष्ट्रिय उडान गर्नेछ ।
जहाज अवतरणपछि विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव देवकोटाले भन्नुभयो ‘ दुई वटा वाइड बडी विमान आइसकेको छ । ती विमान पहिलेकै गन्तव्यमा उडाइन्छ । त्यसपछि जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान गर्ने लक्ष्य राखिएको छ ।’
आगामी पाँच वर्ष भित्र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि दश विमान खरिद गर्ने योजना बनाइएको भन्दै उहाँले निगमका जहाज यूरोपेली देशमा समेत उडान गरिने बताउनुभयो ।
निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले निगमका दुवै जहाजलाई पूर्ण रुपमा व्यावसायिक बनाइने र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।