कोरोना विरुद्ध परीक्षण गरिएको पहिलो खोपबाट वैज्ञानिक आशावादी

 असार ३१, २०७७ बुधबार ११:३८:३७ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - अमेरिकामा कोभिड-१९ विरुद्ध परीक्षण गरिएको पहिलो खोपबाट मानिसको प्रतिरक्षा प्रणालीमा आशा गरे अनुसारको फाइदा मिलेको वैज्ञानिकले दावी गरेका छन् । 

अमेरिकाको शीर्ष विशेषज्ञ डाक्टर एन्थोनी फाउची नेतृत्वको समूहले विकास गरेको खोप पहिलो चरणमा ४५ जनामा परीक्षण गरिएको र नतिजा आशालाग्दो भएको समाचार संस्था न्यूर्योक टाइम्सले जनाएको छ।

 अब आउँदो साउन १२ गतेदेखि अर्को चरणमा ३० हजार मानिसमा यो खोप परीक्षण गरिने र खोपले मानव शरीरलाई कोभिड-१९ बाट बचाउन सक्नेबारेमा पत्ता लाग्ने वैज्ञानिकको विश्वास छ ।

 यो समयलाई उनीहरुले खोप परीक्षणको महत्वपूर्ण समयको रुपमा लिएका छन् । 'न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिन'मा प्रकाशित लेखअनुसार खोप लिएका स्वयंसेवकको रगतमा कोभिड-१९ निको भएका मानिसको शरीरमा भेटिएको जति नै एन्टीबडी भेटिएको छ । अहिलेसम्म खोपको नतिजा कहिलेसम्म आउँछ भन्ने यकिन नभए पनि सन् २०२० को अन्तिमसम्ममा परीक्षण पूरा हुने अनुमान गरिएको छ ।

 तर, पनि कोभिड-१९ विरुद्धको खोप विकासको लागि तीव्र गतिमा काम भइरहेको वैज्ञानिकको दावी छ । यो खोपको दुई मात्रा एक महिनाको बीचमा दिइने र यसको अरु कुनै असर नहुने पनि उनीहरुको भनाइ छ। 

तर,अनुसन्धानमा संलग्न मानिसले भने टाउको दुख्ने, जाडो हुने, खोकी लाग्ने र खोप दिइएको ठाउँमा दुख्ने गरेको बताएका छन् । केहीमा भने कोरोना भाइरस सङ्क्रमणको जस्तै लक्षण देखिए पनि त्यो अस्थायी भएको पाइएको छ । 

खोप लगाउनेबित्तिकै सुरु हुने यी लक्षण मानिसमा एकदिन रहने पनि खबरमा उल्लेख छ । यो खोपले पहिलो चरणमा सकारात्मक नतिजा दिएपछि आशावादी बनेका वैज्ञानिकले अर्को वर्षको सुरुमा खोप आउने बताएका छन् ।


 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया