कैलालीमा भदाै १४ गतेसम्म निषेधाज्ञा

 भदौ ३, २०७७ बुधबार १९:३०:५१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीमा बिहीबार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यस अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन राेक लगाइएकाे छ अत्यावश्यक कामका लागि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउन प्रशासन कार्यालयले आग्रह गरेकाे छ ।    

अत्यावश्यक सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । सम्पूर्ण व्यापार व्यवसाय सञ्चालनमा पनि रोक लगाइएको छ । डिपार्टमेन्ट स्टोर, सैलुन, ब्युटी पार्लर, जिमखाना, फुटपाथमा सञ्चालन हुने व्यापार, होटल तथा रेस्टुरेन्ट खोल्न पाइने छैन । 

खाद्यान्न, तरकारी, दूध, फलफुल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी खोल्न सकिने जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ । 

अत्यावश्यक कार्यालयमा कार्यरत कर्मचारीलाई भने फोटोसहितको परिचय पत्रका आधारमा सवारी सञ्चालन गर्न दिने निर्णय भएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया