गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डौ – गएकाे सात महिनादेखि खेलाडीले नियमित प्रशिक्षणलाई सहज तरिकाले गर्न पाएका छैनन् । १३ औँ दक्षिण एसियाली खेलकुद सागपछि कतिपय खेलाडी प्रतियोगिताविहीन भए भने ओलम्पिकमा छनोट भएका केही खेलाडीको लक्ष्य पातलो हुँदै गएको छ ।
अन्य देशमा सहभागी हुने नेपाली खेलाडीका प्रतिस्पर्धीले मापदण्डभित्र रहेर प्रशिक्षण गरिरहँदा नेपाली खेलाडी भने सरकारले दिने अभ्यास अनुमति कुरिरहेका छन् । सरकारले तोकको मापदण्डलाई पालना गर्दै लकडाउन र निषेधाज्ञाको बीचमा खेलाडी अभ्यासमा फर्किएका थिए । घरको सीमित वातावरणमा समेटिएका खेलाडी कोर्टमा फर्किँदा हौसिएका पनि थिए । तर लगत्तै लागेको निषेधाज्ञाले खेलाडीलाई निराश बनायो ।
अहिले अवस्था केही खुकुलो बन्दै गएको छ । उद्योग, कल कारखानादेखि व्यवसायले मापदण्ड अपनाएर खोल्ने अनुमति पाए पनि भिडभाड हुने गतिविधि सञ्चालनमा आउन सकेका छैनन् । त्यो मध्येको खेलकुद क्षेत्र पनि फर्किन सकेको छैन । अन्य क्षेत्रमा खुकुलो अपनाएसँगै खेलकुद क्षेत्र फर्काउन पहल भइरहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार खेल क्षेत्र खुलाउने गरी सम्बन्धित पक्षसँग आफूले नियमित छलफल गरिरहेको उहाँले बताउनुभयो । बढीमा अबको सात दिनभित्रमा खेलकुद प्रशिक्षणका गतिविधिहरु पनि सञ्चालन गर्न सरकारले अनुमति दिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मापदण्ड पालना गर्दै 'बी' र 'सी' डिभिजनको महिला लिग र राष्ट्रिय लिग सुरु गर्ने विषयमा पनि राखेपमा कुरा आइरहेकाले त्यो विषयमा पनि छलफल चलिरहेको उहाँले बताउनुभयो ।
उपत्यकामा तत्काल सम्भव नभए पनि जुन खेलाडी जहाँ छ, त्यही ठाउँमा प्रशिक्षणको वातावरण बनाउने र अवस्था सहज हुँदै गएपछि खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराउनुपर्ने विषयमा छलफल चलेको सिलवालले बताउनुभयो । अन्य खेलकुद गतिविधिहरु पनि अवस्था हेरेर प्रशिक्षण सुरु गर्नुपर्ने र अहिलेको अवस्थामा पदकधारी खेलाडीहरुलाई तत्काल प्रशिक्षणमा सामेल गराउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
विश्वका अन्य देशमा आफ्नै होस्टेल भएका कारण पनि खेल गतिविधिहरु सञ्चालनमा समस्या नभएको उहाँको भनाइ छ । नेपालको सन्दर्भमा घरबाट वा डेरामा बसेर खेल्नुपर्ने अवस्था भएका कारण सङ्क्रमणकाे त्रास रहेको उहाँले बताउनुभयो ।
नेपाली खेलाडी अभ्यासमा फर्किन आतुर छन् । शारीरिक हिसाबमा सन्तुलन रहन भए पनि खेलाडीको दिन नियमित प्रशिक्षणको पर्खाइमा बितिरहेको छ । सागमा पाएको सफलतापछि ओलम्पिक लक्ष्य बनाएका खेलाडीको लागि स्वास्थ प्रोटोकल अपनाएर अभ्यासको वातावरण प्रबन्ध गर्नुपर्ने बताउनुहुन्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ । सम्बन्धित मन्त्रालय र अन्य सरोकारवाला सङ्घ संस्थाबीच समन्वय हुन नसक्दा समस्या देखिएको उहाँले बताउनुभयो ।
श्रेष्ठको भनाइ जस्तै खेलाडी पनि खेल वातावरणको पर्खाइमा छन् । अन्तर्राष्ट्रियस्तरमा विगतमा नेपाली खेलाडीले हात पारेको सफलतालाई जोगाउन भए पनि खेलाडीमा अभ्यासको टड्कारो छ । अभिभावक नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित सङ्घले खेलाडीको विषयमा समयमा नै ध्यान दिन जरुरी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।