कुशल मल्लको कीर्तिमान तोडेका नामिबियाका लोफ्टी–इटनले चितवनबाट एनपीएल खेल्ने

 कात्तिक २०, २०८१ मंगलबार १६:२२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नामिबियाका ब्याटिङ अलराउन्डर जान निकोल लोफ्टी इटनले चितवन राइनोजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । २३ वर्षीय ब्याटिङ अलराउन्डर इटनलाई चौथो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको छ ।

इटनले यही वर्षको फेब्रुअरीमा कीर्तिपुरमा भएको नेपालसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३३ बलमा शतक बनाउँदै कुशल मल्लको कीर्तिमान तोडेका थिए । कुशलले गएको वर्षको सेप्टेम्बरमा मङ्गोलियासँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम ३४ बलमा शतक बनाउने खेलाडी बनेका थिए । अहिले कुशल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको सूचीको चौथो स्थानमा छन् ।

योसँगै चितवनले विदेशी खेलाडीको कोटा पूरा गरेको छ । चितवनले यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्रस्यन्ट डे लाङ्गा, इङ्ग्ल्यान्डका ल्युक मार्टिन बेनकेन्स्टाइन र अफगानिस्तानका हसन इसाखिललाई अनुबन्ध गरेको थियो ।

चितवन राइनोजको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल रहेका छन् । चितवनको मुख्य प्रशिक्षकमा उपेश पटवाल रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया