गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । गएराति भएको अन्तिम एक दिवसीय क्रिकेटमा विश्व विजेता इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।
इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा एलेक्स केरी र ग्लेन म्याक्सवेल दुवै जनाले शतकीय पारी खेले । केरीले १ सय ६ रन जोड्दा म्याक्सवेलले १ सय ८ रनको योगदान गरे ।
७३ रन बनाउँदा ५ विकेट गुमाएको अस्ट्रेलियालाई केरी र म्याक्सवेले २ सय १२ रनको साझेदारी गर्दै जित दिलाउन मद्दत गरेका थिए । इंग्ल्याण्डका जोय रुट र क्रिस वार्कसले समान दुई दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो । इंग्ल्याण्डका ओपनर जोनी बेयरस्टोले शतकीय पारी खेलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।