तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
युरोपेली फुटबल खेलाडीको फेरबदलको बजार (ट्रान्सफर विन्डो) आज बन्द हुँदैछ ।
युरोपको उत्कृष्ट पाँच लिगमा अहिलेसम्म ११६८ ट्रान्सफर भएका छन् । जसमा ३.४७ बिलियन पाउण्डको कारोबार भइसकेको छ ।
यो समर ट्रान्सफरमा सबैभन्दा धेरै रकममा स्थानान्तरण हुने खेलाडी फ्रान्सेली स्टार केलियन एमबाप्पे हुन् ।
गोलकिपरमा सबैभन्दा महँगो मूल्यमा चेल्सीले एथलेटिक बिल्बाअाेबाट केपा अर्रिजाबालागालाई अनुबन्ध गरेको छ ।
विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका केलियन एमबाप्पेलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले स्थायी अनुबन्ध गरेको छ ।
अघिल्लो सिजन आर्थिक अनुशासनको नीति विपरित हुने भएपछि मोनाकोबाट एमबाप्पेलाई लोनमा भित्राएको पीएसजीले यो समरकै कीर्तिमानी रकमा अनुबन्ध गरेको छ ।
उनलाई १५९.३ मिलियन पाउण्डमा पिएसजीले स्थायी अनुबन्ध गरेको हो ।
समर ट्रान्सफरमा सबैभन्दा सनसनी पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो बने ।
३३ वर्षे फरवार्डले रियल मड्रिडमा नौ वर्ष बिताएपछि इटाली जानका लागि मार्गप्रशस्त गर्न अनुरोध गरेपछि उनलाई स्पेनिस जायन्टले युभेन्टसलाई बेच्यो ।
उनी ८८.५ मिलियन पाउण्डमा युभेन्टसमा अनुबन्ध भए । इटालियन महारथी युभेन्टससँग सम्झौता गरेपछि रोनाल्डोको प्रति हप्ता पारिश्रमिक पाँच लाख पाउण्ड भएको छ ।
उनी अबको चार वर्षका लागि युभेन्टसमा रहनेछन् ।
स्पेनिस क्लब एथलेटिको बिलबाओका गोलकिपर केपा अरिजाबालागाको नाम खासै सुनिएको थिएन । तर इंग्लिस क्लब चेल्सीले उनलाई कीर्तिमानी रकममा अनुबन्ध गरेपछि उनी एकाएक चर्चामा आए ।
थिबाउट कोट्वालाई रियलमा बेच्नका लागि चेल्सीलाई उत्कृष्ट गोलकिपरको खाँचो थियो ।
कोट्वाको स्थानका लागि चेल्सीले केपालाई ७१.६ मिलियन पाउण्ड खर्चियो ।
जुन रकम गोलकिपरका लागि कीर्तिमानी रकम हो । उनले चेल्सीमा सात वर्षका लागि सम्झौता गरेका छन् ।
ब्राजिलका गोलकिपर एलिसनलाई लिभरपुलले पनि कीर्तिमानी रकममा अनुबन्ध गरेको थियो ।
अघिल्लो महिना एलिसनलाई लिभरपुलले रोमाबाट क्लब भित्राएको हो ।
च्याम्पियन्स लिगको फाइनलमा खराब प्रदर्शन गरेका लोरिस कारियसले प्रि–सिजनमा पनि खराब प्रदर्शन गरेपछि प्रशिक्षक जर्जेन क्लोपले उनको विकल्प खोजेका थिए ।
एलिसनलाई लिभरपुलले ६५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । जुन त्यसबेला गोलकिपरका लागि कीर्तिमानी रकम हो ।
तर चेल्सीले केपालाई भित्राएपछि सो कीर्तिमान तोडिएको थियो ।
म्यान्चेष्टर सिटीको समरको पहिलो ट्रान्सफर रुपमा अल्जेरियन खेलाडी रियाद मेहरेजलाई अनुबन्ध गर्यो ।
सन् २०१६ मा लेस्टर सिटीले लिग जित्दा मिडफिल्डबाट मेहरेजले महत्वपूर्ण योगदान दिएका थिए ।
प्रशिक्षक पेप ग्वार्डिओलाले मेहरेजका लागि ६० मिलियन पाउण्ड खर्च गरेका छन् । जुन म्यान्चेष्टर सिटीको कीर्तिमानी सम्झौता हो ।
खेलाडी किन्नका लागि मोटो रकम खर्च गरेको लिभरपुलले गुयनाका सेन्ट्रल मिडफिल्डर नेबी केइटालाई अनुबन्ध गर्यो ।
जर्मन क्लब लिप्जिकका महत्वपूर्ण खेलाडी रहँदै आएका थिए । उनलाई लिभरपुलले ५२.८ मिलियन पाउण्ड खर्च गरेको छ ।
फ्रान्सले रसिया विश्वकप जित्दाका सदस्य थोमस लेमारलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडले अनुबन्ध गरेको छ ।
लिभरपुल र आर्सनलमा आवद्ध हुने चर्चा चलिरहेका बेला एट्लेटिको मड्रिडले उनलाई भित्रायो । २२ वर्षे लेमारलाई एट्लेटिकोले ५२.७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
इटालियन क्लब नेपोलीबाट माउरिजियो सार्रीलाई प्रशिक्षकमा नियुक्त गरेसँगै चेल्सीले जर्जिन्होलाई पनि अनुबन्ध गरेको छ ।
जर्जिन्हो सार्रीसँगै चेल्सी आएका हुन् । मिडफिल्डर जर्जिन्होका लागि चेल्सीले ५०.४ मिलियन पाउण्ड खर्च गरेको छ ।
जर्जिन्होले चेल्सीमा तीन वर्षका लागि सम्झौता गरेका छन् ।
म्यान्चेष्टर युनाइटेडले ब्राजिलका फ्रेडलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ । युनाइटेडले युक्रेनी क्लब शाख्तर डोनेस्ट्कबाट उनलाई ५२ मिलियन पाउण्डमा भित्र्याउन सफल भयो ।
विश्वकप जारी रहेकै बेलामा प्रशिक्षक जोसे मोउरिन्होले शाख्तरसँग उनको सम्झौता टुंगाएका थिए ।
१६ वर्षे ब्राजिलियन खेलाडी भिनिसियसका लागि स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडले ठूलै कसरत गरेका थिए ।
तर रियल मड्रिडले उनलाई अनुबन्ध गर्यो ।
उनलाई रियलले ४०.२ मिलियन पाउण्डमा अनुबन्ध गरेपनि एक वर्षका लागि ब्राजिलियन क्लब फ्लेमिंगोबाटै खेल्नेछन् ।
१८ वर्ष पार नगरी खेलाउन नपाउने भएका कारण उनी मड्रिड आउन सक्नेछैनन् ।
सन् २०१९ को जुलाईसम्म उनी ब्राजिलियन क्लबबाटै खेल्नेछन् ।
इम्रे क्यानले लिभरपुल छोड्ने निर्णय गरेपछि प्रशिक्षक जर्जेन क्लोप उनको स्थानमा उपयुक्त विकल्पको खोजी गरिरहेका थिए ।
क्यानको स्थानमा लिभरपुलले मोनाकोबाट फाविन्होलाई अनुबन्ध गरेको छ ।
लिभरपुलले फाविन्होलाई ४० मिलियन पाउण्डमा एन्फिडमा ल्याएको हो ।
स्पेनिस क्लब बार्सिलोनाले बोर्डोका विङ्गर माल्कमलाई नोउ क्याम्प भित्र्यायो ।
२१ वर्षे खेलाडीका लागि इटालियन क्लब रोमाले चासो देखाएको थियो ।
रोमाले माल्कमका लागि सम्झौता भइसकेको जनाइसकेको दोस्रो दिन उनलाई क्याम्प नोउमा बार्सिलोनाले सार्वजनिक गरेको थियो ।
माल्कमलाई अनुबन्ध गर्नका लागि बार्सिलोनाले ३६.५ मिलियन पाउण्ड खर्च गरेको थियो ।
रोनाल्डोलाई क्लबको कीर्तिमानी रकममा अनुबन्ध गरेको युभेन्टसले डिफेन्डर हाओ क्यान्सेलोलाई पनि अनुबन्ध गरेको छ ।
उनलाई युभेन्टसले ३५.५ मिलियन पाउण्डमा सम्झौता पूरा गरेको हो ।
बार्सिलोनाले समरको भित्र्याएको दुई महत्वपूर्ण खेलाडीमा अर्थर पनि एक हुन् ।
मिडफिल्डर अर्थरलाई नोउ क्याम्प ल्याउनका लागि बार्सिलोनाले ग्रिमियोलाई ३५.५ मिलियन पाउण्ड तिरेको थियो । २१ वर्षे अर्थरसँग क्लबले ६ वर्षको सम्झौता गरेको छ ।
उनलाई जनवरी ट्रान्सफरमा बार्सिलोना ल्याउने भनिए पनि मिडफिल्डमा आन्द्रेज इनियस्टा र पाउलिन्हो उपलब्ध नहुने भएपछि क्लबले हतार गरेको हो ।
रियल सोसियडाडका डिफेन्डर अल्भारो ओड्रियोजोलालाई रियल मड्रिडले अनुबन्ध गरेको छ ।
उनलाई रियल मड्रिडले ३५.४ मिलियन पाउण्डमा सान्टियागो बर्नाबाउ भित्र्याएको हो ।
ब्राजिलियन विङ्गर डग्लस कोस्टा युभेन्टसमा आवद्ध भए ।
उनलाई जर्मन क्लब बायर्न म्युनिखबाट युभेन्टसले ३५.२ मिलियन पाउण्डमा आवद्ध गरेको हो ।
चेल्सी छोडेर रियल मड्रिडमा आवद्ध हुन चाहेको बताउँदै आएका बेल्जियन गोलकिपर थिबाउट कोट्वा अन्ततः सान्टियागो बर्नाबाउ पुग्न सफल भए ।
उनलाई रियलले ३५ मिलियन पाउण्डमा आवद्ध गर्ने पक्का भएको हो ।
उनले बिहीबार स्वास्थ परीक्षण गरेपछि सात वर्ष लामो सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कोट्वाको सम्झौतामा ३५ मिलियन बाहेक चेल्सीले माटेयो कोभासिचलाई पनि एक वर्षका लागि भित्र्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।