आईपीएल : राजस्थानले बेङ्ग्लोरलाई दियो एक सय ५५ रनको लक्ष्य

 असोज १७, २०७७ शनिबार १७:५७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई एक सय ५५  रनको लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन बनायो । राजस्थानका महिपाल लोमरोरले सर्वाधिक ४७ रन बनाए । यस्तै राहुल तेवाटियाले २४, जोस बट्लरले २२, रोबिन उथापाले १७, जोफ्रा आर्चर र रियाग प्रयागले समान १६/१६ रन बनाए ।

स्टिभ स्मिथ ५ र सञ्जु सामसन ४ रनमा आउट भए । राजस्थानलाई मध्यम स्कोरमा समेट्न बेङ्ग्लोरका यजुवेन्द्र चाहलले तीन विकेट लिए । राजस्थान तीन खेलमा दुई जित र एक हारसहित चार अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । समान अंक भए पनि बेङ्ग्लोर रन रेटका आधारमा पछि पर्दै तालिकाको छैठौं स्थानमा छ ।

राजस्थान स्टिभ स्मिथ तथा बेङ्ग्लोर विराट कोहलीको कम्तानीमा खेल्दैछन् । आईपीएलमा आजै राति पौने ८ बजे  दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्नेछन् । दिल्ली तालिकाको दोस्रो स्थानमा छ भने कोलकत्ता तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया