गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डौ - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ ।
शेख जायद स्टेडियम आबुधाबीमा राजस्थानले दिएको एक सय ५५ रनको लक्ष्य बेङ्ग्लोरले पाँच बल बाँकी छँदै मात्र २ विकेट गुमाएर भेट्टायो । बेङ्ग्लोरको जितमा कप्तान विराट कोहलीले नटआउट ७२ रन बनाए भने देवदत्त पडिक्कलले ६३ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन बनायो । राजस्थानका महिपाल लोमरोरले सर्वाधिक ४७ रन बनाए । राजस्थानलाई मध्यम स्कोरमा समेट्न बेङ्ग्लोरका यजुवेन्द्र चाहलले तीन विकेट लिए । आजको जितसँगै बेङ्ग्लोर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ, चार खेलमा चार अंक जोडेको राजस्थान छैठौं स्थानमा झरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।