गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) ती–२० क्रिकेट लिगमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई दुई सय नौ रनको लक्ष्य दिएको छ ।
यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय आठ रन बनायो । उसका लागि क्विन्टन डी ककले ६७ रन बनाए । यस्तै इशान किशनले ३१, हार्दिक पाण्डेयाले २८, सूर्यकुमार यादवले २७, कारयन पोलार्डले २५ र क्रुनल पाण्डेयाले २० रन बनाए । रोहित शर्मा भने ६ रन बनाएर आउट भए ।
हैदराबादका सन्दीप शर्मा र सिद्धार्थ कौलले समाना दुई/दुई तथा राशिद खानले एक विकेट लिए ।
चार खेलमा दुई जित निकाल्दै चार अङ्कका साथ मुम्बई तालिकाको तेस्रो स्थानमा छ भने समान अङ्क भए पनि रनरेटका आधारमा हैदराबाद चौथो स्थानमा छ । आइतबार राति पाैने आठ बजे चेन्नई सुपर किङ्ग्स र एलेभेन पञ्जाब खेल्दै छन् । चार खेलमध्ये एक/एक खेल जितेका पञ्जाब सातौँ र चेन्नई पुछारमा छ ।
यस्तै आईपीएलमा शनिबार भएका खेलमा रोयल च्यालेन्जर्स बैङ्ग्लाेर र दिल्ली क्यापिटल्स विजयी भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।