दिल्ली र राजस्थान खेल्दै, सन्दीप बेन्चमै

 असोज २३, २०७७ शुक्रबार १९:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा शुक्रबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । शारजाह क्रिकेट स्टेडियममा हुने खेलमा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकाे छ ।  

नेपालका लेग स्पिनर सन्दीप लामिछाने याे खेलमा पनि बेन्चमै रहेका छन् । याे संस्करणमा उनले एक पटक पनि माैका पाएका छैनन् । 

१३ औँ संस्करणको प्रतियोगिता चलिरहँदा दिल्लीले उत्कृष्ट खेल खेल्दै आइरहेको छ भने राजस्थानको प्रदर्शन मध्यम छ । यी दुवै टिमले समान पाँच पाँच खेल खेल्दा दिल्लीले चार खेलमा जित निकाल्दै अङ्क तालिकको दोस्रो स्थानमा छ । त्यस्तै राजस्थानले दुई खेल जित्दा तालिकाको सातौँ स्थानमा छ । 

सुरुका खेलमा निकै प्रभावी देखिएको राजस्थानले पछिल्ला खेलमा त्यसलाई निरन्तरता दिन सकेको छैन । दिल्लीले भने आफ्नो लयलाई कायमै राखेको छ । 

यस्तो छ प्लेइङ ११

राजस्थान : जोस बटलर, यशस्वी जैसवाल, स्टिभ स्मिथ, सन्जु सामसन, महिपाल लोमरर, राहुल तेवतिया, जोफ्रा आर्चर, एन्ड्रियु टाय, श्रेयस गोपाल, वरुण अरुण र कार्तिक त्यागी ।

दिल्ली : पृथ्वी श, शिखर धवन, श्रेयर अय्यर, रिषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्षर पटेल, रवीचन्द्रन आश्विन, हर्षल पटेल, कागिसो रबाडा र एनरिच नोर्त्जे ।   

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • surya pandey

    Oct. 10, 2020, 12:05 a.m.

    सन्दिप खेल्न नपाउनुको खास कारण के हो?अलि अपमान जनक भए जस्तो लाग्यो।

  •  0 Reply

तपाईको प्रतिक्रिया