धनगढीमा असई मृत फेला, तस्करसँग भिडन्त भएको आशंका

 कात्तिक २, २०७७ आइतबार ११:२५:५७ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडामा अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत भेटिएका छन् । हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्द बिकको शव आज बिहान सीमानाकामा मोहना नदीमा भेटिएको हो ।

बिकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद भने सम्पर्कविहीन हुनुहुन्छ । चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजेतिर गस्तीमा निस्किएका दुवै जना साढे १० बजेदेखि सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।

आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किलोमिटरको दूरीमा उनीहरु चढेको मोटरसाइकल भेटिएको र झण्डै तीन किलोमिटरको दूरीमा रहेको मोहना नदीमा शव भेटिएको प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीसहितको प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरीले तस्करहरुसंगको झडपमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Tek Bahadur Khadka

    Oct. 18, 2020, 12:14 p.m.

    दुखद खबर

  •  0 Reply

तपाईको प्रतिक्रिया