भूमीहीन परिवारका खम्बा थिए असई गोविन्द, जो ड्युटीमै मारिए

 कात्तिक २, २०७७ आइतबार १९:३५:११ | सीताराम ओझा
unn.prixa.net

कैलाली – ड्युटीकै क्रममा नचिनेका मानिसकाे समूहद्वारा हत्या गरिएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकका परिवारजन शोकमा डुबेको छ ।

घरको अभिभावक नै गुमाएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका ९ ख गाउँ निवासी मृतक विकका परिवारजन शोकमा डुबेका छन् । अति विपन्न परिवारमा जन्मेका विकसहित तीन भाइ थिए । गाेविन्द माहिलाे भाइ हुन् । 

 याे पनि पढ्नुहाेस्

घरमा कमाइ गर्ने तथा लालनपालनको जिम्मेवारी सम्हाल्नुभएका विकको ड्युटीकै क्रममा रहस्यमयी ढङ्गले हत्या गरिएपछि आफूहरु अनाथ जस्तै भएको विकका भतिजा हरि विकले पीडा पाेख्नुभयाे । 

घटना भएको खबर पाउनेबित्तिकै पूरै परिवारसहित धनगढी पुग्नुभएका उहाँ भन्नुहुन्छ, ‘हाम्रो त घरमूली नै अङ्कल हुनुहुन्थ्यो । हामी टुहुरो भयौँ ।’ भूमीहीन विपन्न परिवारको अभिभावक रहनुभएका असई विकले १२ जना परिवारको लालनपालन गर्दै आउनुभएको थियो । उहाँकी श्रीमतीसहित साढे दुई र अर्की ६ वर्षीया गरी दुई छोरी छन् ।

प्रहरी सेवामा तीन वर्ष मात्रै बिताउनुभएका विक दुई महिना पहिले सुर्खेत जिल्लामा कार्यरत हुनुहुन्थ्यो । विक परिवारको बिचल्ली भएपछि उहाँको परिवारजनको जीविकोपार्जन तथा बालबालिकाको शिक्षा दीक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरिएको छ । पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले विक परिवारको लालनपालनको जिम्मा राज्यले लिनुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया