गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार भएकाे पहिलाे खेलमा काेलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएकाे छ ।
काेलकाताले हैदराबादलाई सुपर ओभरमा हराएकाे हाे । सुपर ओभरमा हैदराबादले दिएकाे तीन रनकाे लक्ष्य काेलकाताले चाैथाे बलमा पूरा गर्याे ।
सुपर ओभरमा पहिले ब्याटिङका लागि डेभिड वार्नर र र जाेनी बेयर्स्ट्राे क्रिजमा आएका थिए । काेलकाताका लागि लकी फर्गुसनले पहिलाे बलमा नै वार्नरलाई बाेल्ड आउट गरे । त्यसपछि क्रिजमा आएका अब्दुल समादले दाेस्राे बलमा दुई रन जाेडे । तेस्राे बलमा फर्गुसनले समादलाई पनि बाेल्ड आउट गरेपछि काेलकाताले तीन रनकाे लक्ष्य पाएकाे हाे ।
तीन रनकाे लक्ष्य पाएकाे काेलकाताका लागि क्रिजमा इयन मर्गन र दिनेश कार्तिक आएका थिए । हैदराबादका लागि राशिद खानले पहिलाे बल मर्गनलाई डट राखे । दाेस्राे बलमा मर्गनले एक रन लिएका थिए । क्रिजमा रहेका कार्तिकले तेस्राे बल डट खेले, चाैथाे बलमा काेलकाताले दुई रन लेग बाइबाट पाएसँगै हैदराबाद सुपर ओभरमा पराजित भएकाे हाे ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे काेलकाताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनाएकाे थियाे । उसका लागि कप्तान इयन मर्गनले ३४, दिनेक कार्तिकले अविजित २९ र नितिश रानाले २९ रन बनाए ।
खेलकाे बीचमा धरासायी बनेको कोलकाताको पारी उकास्न कप्तान मर्गन र कार्तिकले ५८ रनको साझेदारी गरेका थिए ।
बलिङतर्फ हैदराबादका लागि टी नटराजनले दुई विकेट लिँदा बसिल थम्पी, विजय शङ्कर र राशिद खानले समान एकएक विकेट लिए ।
एक सय ६४ रनकाे लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएकाे हैदराबाद २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६४ रन मात्रै बनाउन सक्याे । उसका लागि डेभिड वार्नरले अविजित ४७, जाेनी बेयर्स्ट्राेले ३६ र केन विलियमसनले २९ र अब्दुल समादले २३ रन बनाए ।
बलिङतर्फ लकी फर्गुसनले तीन विकेट लिए । साथै प्याट कमिन्स, शिवम् माभी र वरुण चक्रवर्तीले समान एक–एक विकेट लिए ।
याे जितसँगै १० अङ्कका साथ काेलकाता तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ भने हैदराबाद ६ अङ्कसहित पाँचाैँ स्थानमा छ ।
यसैबीच दाेस्राे खेलमा मुम्बई र पञ्जाब खेलिरहेका छन् । अहिले टस जितेकाे मुम्बई ब्याटिङ गरिरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।