गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठामाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग ५९ रनले पराजित भएको छ ।
कोलकाताले दिएको एक सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३५ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान श्रेयस अय्यरले ४७ रन बनाउँदा अन्य ब्याट्सम्यानले योगदान गर्न सकेनन् ।
बलिङतर्फ कोलकाताका लागि वरुण चक्र्रवर्ती एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । त्यस्तै प्याट कमिन्सले तीन विकेट लिँदा लकी फर्गुसनले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९४ रन बनाएको थियो । उसका लागि नितिश रानाले ८१ र सुनिल नरायनले ६४ बनाए ।
बलिङतर्फ दिल्लीका नोर्त्जे, कागिसो रबाडा र मार्कस स्टोइनिसले समान दुई–दुई विकेट लिए ।
जितसँगै कोलकाता १२ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ । अहिले दाेस्राे खेलमा किङ्ग्स एलाभेन पन्जाब र सनराइजर्स हैदराबाद खेलिरहेका छन् ।
दिल्ली क्यापिटल्स टिमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भए पनि याे संस्करणमा उनले एक पटक पनि माैका पाएका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।