आईपीएलमा पञ्जाबले कोलकातालाई ८ विकेटले हरायो

 कात्तिक ११, २०७७ मंगलबार ६:३७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।

सारजहा मैदानमा राति सकिएको खेलमा पञ्जाब ८ विकेटले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकोत्ताले दिएको १ सय ५० रनको लक्ष पन्जाबले १८ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो ।

यसअघि कोलकोत्ताले ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जितसँगै १२ अंक जोडेर पञ्जाब चौथो स्थानमा उक्लिएको छ भने १२ अंक नै भएपनि रनरेटका आधारमा कोलकोत्ता पाँचौ स्थानमा झरेको छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया