आईपीएल:  मुम्बई इन्डियन्सद्वारा बेङ्ग्लाेर ५ विकेटले पराजित

 कात्तिक १३, २०७७ बिहीबार ६:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई इन्डियन्स विजयी भएको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई ५ विकेटले पराजित गरेको मुम्बई प्ले अफ नजिक पुगेको छ । मुम्बईको १६ अंक भएको छ ।

१६५ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट अर्धशतकीय पारी खेले । उनी ७९ रनमा नट आउट रहँदा ४३ बल फेस गरेका थिए । १० चौका र तीन छक्का प्रहार गरे ।

इशान किसनले २५ रन जोड्दा क्वीन्ट डीकक १८ र हार्दिक पाण्डेय १७ रनमा पभेलियन फर्किए । युजबेन्द्र चहल र मोहम्मद सिराजले समान दुई/दुई विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्ग्लाेरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो ।

बेङ्ग्लाेरका लागि देवदत्त पडिक्कले अर्धशतकीय पारी खेलेका थिए । पहिलो विकेटका लागि जोश फिलिप र पडिक्कलबीच ७१ रनको साझेदारी भएको थियो । फिलिप व्यक्तिगत ३३ रन बनाएर आउट हुँदा २४ बल फेस गरेका थिए ।

उनले एक छक्का र चार चौका प्रहार गरेका थिए । यस्तै दोस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९ रन बनाएका कोहलीले १४ बल फेस गरेका थिए । कोहली आउट हुँदा २-९५ स्कोर रहेको थियो । त्यसपछि पडिक्कल र एभी डिभिलियर्सले पारि अघि बढाएका थिए । एबी १२ बलमा १५ रन बनाएर आउट भए । उनले एक छक्का र एक चौका प्रहार गरेका थिए ।

एबी आउट हुँदा बेङ्ग्लाेरको स्कोर ३-१३१ रन रहेको थियो । शिवम् दुवे व्यक्तिगत दुई रन बनाएर आउट हुँदा ४-१३४ स्कोर थियो । त्यही स्कोरमा देवदत्त पड्क्किल पनि आउट भए । उनी अर्धशतकीय पारी खेल्दै पभेलियन फर्किए । पडिक्कले ४५ बलमा ७४ रन बनाएर पभेलियन फर्किएका हुन् । उनले एक छक्का र १२ चौका प्रहार गरेका थिए ।

छैठाैं विकेटको रुपमा क्रिस मोरिस ४ रन जोडेर आउट भएका थिए । अन्तिममा गुरकित सिंह र वासिङ्टन सुन्दरले २६ रनको साझेदारी गर्दै बेङ्ग्लाेरको स्कोर १६४ रन पुर्‍याएका थिए । गुरकित १४ तथा सुन्दर १० रनमा नट आउट रहे ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया