गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण सुरु गर्दैछ ।
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण सुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा अपराह्न २ बजे सुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाण्डौ आइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
एन्फाले खेलाडीलाई त्रिपुरेश्वरमा रहेकाे वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई अनुमति दिइसकेको छ । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमा रहेका कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । नेपालले बङ्गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकामा रहेकाे बङ्गबन्धु रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल आउँदाे मङ्सिर २ गते हुने एन्फाले जनाएको ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।