गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराएको छ ।
दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्रै १ विकेट गुमाएर भेटायो । उसका लागि इशन किसनले नटआउट ७२ रन बनाए । यस्तै क्विण्टन डि कक २६ रनमा आउट भए । यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन बनायो ।
सुरुदेखि नै खराब प्रदर्शन गरेको दिल्लीको लागि कप्तान श्रेयस ऐअरले सर्वाधिक २४ रन बनाए । यस्तै ऋषभ पन्तले २१ तथा कागिसो रबाडा र रविचन्द्रन आश्विनले समान १२÷१२ रन बनाए । दिल्लीलाई न्युन स्कोरमा समेट्न मुम्बईका ट्रेन्ड बोल्ड र जसप्रित बुम्राहले समान ३/३ विकेट लिए ।
आजको हारसँगै दिल्लीलाई प्ले अफमा पुग्न समस्या देखिएको छ । दिल्लीले अब प्ले अफको लागि आफुले जितेर मात्रै पुग्नेछैन, अरुको नतिजामा पनि भर पर्नुपर्नेछ । मुम्बई १८ अंकसहित तालिकाको शिर्ष स्थानमा र १४ अंक भएको दिल्ली तेस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।