गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेलमा दिउँसो पौने ४ बजे चेन्नई सुपर किङ्ग्स र किङ्ग्स एलाभेन पञ्जाब तथा राति पौने ८ बजे कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दै छन् ।
यो दुवै खेल प्लेअफ समीकरण पूरा गर्नको लागि महत्त्वपूर्ण छ । पहिलो खेलमा चेन्नई र पञ्जाब प्रतिस्पर्धा गर्दैगर्दा दुवै टिमको उद्देश्य फरक–फरक हुनेछ ।
चेन्नई पञ्जाबलाई हराउँदै उसको पनि प्लेअफ यात्राको सम्भावनामा ब्रेक लगाउन चाहन्छ भने पञ्जाब चेन्नईलाई ठूलो अन्तरले हराउँदै प्लेअफसम्म पुग्न अङ्कगणितको सम्भावना बलियो पार्न चाहन्छ । चेन्नईको यसअघि नै प्लेअफ पुग्ने सम्भावना सकिसकेको छ ।
आइतबार हुने दोस्रो खेलमा कोलकाता र राजस्थान एकअर्कालाई हराउँदै प्लेअफको यात्रा जीवितै राख्न चाहन्छन् । यी दुवैको १२–१२ अङ्क भए पनि नेट रनरेटका आधारमा राजस्थान छैटौँ र कोलकाता सातौँ स्थानमा छ । प्लेअफको सम्भावना बनाइराख्न यी दुवै टिमलाई ठूलो अन्तरको जितको आवश्यकता छ ।
लिग चरणको खेल अन्तिमतिर आइपुग्दा प्लेअफ झनै रोमाञ्चक बनेको छ । शनिबारको खेलमा दिल्ली र बेङ्ग्लोरले हारेसँगै अरु टिमको पनि प्लेअफको सम्भावना बढेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।