गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले इङ्ग्ल्याण्डलाई २–० ले हराएको छ । घरेलु मैदान हाभेर्लीमा आइतबार राति भएको खेलमा बेल्जियमलाई जिताउन युरी टेलिमान्स र ड्रिएस मेर्टेन्सले एक/एक गोल गरे । बेल्जियमले पहिलो हाफमै दुई गोल गरेको हो ।
जितसँगै लिग 'ए' को समूह २ मा रहेको बेल्जियमले चार खेलमा १२ अङ्क जोडेको छ । शीर्ष स्थानमा रहेको बेल्जियमले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । बेल्जियमसँग हारेको इङ्ग्ल्याण्डकाे भने अर्को चरण पुग्ने सम्भावना सकिएको छ ।
इङ्ग्ल्याण्ड पाँच खेलमा सात अङ्क जोडेर तेस्रो स्थानमा छ । अब बेल्जियमले बिहीबार समूह चरणको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको डेनमार्कसँग खेल्नेछ । त्यस्तै इङ्ग्ल्याण्डले आइसल्याण्डसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।