प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई हरायो: अंक तालिकाको दोस्रो स्थानमा

 मंसिर ८, २०७७ सोमबार ६:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३-० गोलले हराएको छ ।

आज बिहान भएको खेलमा लेस्टर सिटीलाई हराएको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९ खेलमा २० अंक छ । लिभरपुलसँग हारेको लेस्टरको ९ खेलमा १८ अंक छ । लेस्टर अंक तालिकाको चौथो स्थानमा रहेको छ । टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै गएराति भएको खेलमा वेष्ट ह्यामले सेफिल्ड युनाइटेडलाई १-० र एभर्टनले फुलह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेका छन् । अर्को खेलमा आर्सनल र लिड्स युनाइटेड बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया