गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो ।
लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन् 'कोरोना परीक्षणको क्रममा सङ्क्रमण भएको नतिजा आएको छ । मलाई बुधबारदेखि नै शरीर दुखिरहेको थियो । तर, अहिले मेरो स्वास्थ्य अवस्था सुधार हुँदै गएकाे छ । चाँडै स्वस्थ्य भएर फिल्डमा फर्कने छु ।'
उनले अहिले होम आइसोलेशनमा रहेको र चाँडै नै स्वस्थ्य भएर मैदान फर्किने विश्वास व्यक्त गरेका छन् ।
Hi Everyone, Greetings to all.
— Sandeep Lamichhane (@Sandeep25) November 27, 2020
Its my sincere duty to tell you all that I have been tested positive for COVID-19. I had some body aches since Wednesday. But my health is improving a little bit now. If all goes well, I will return to the field again. Keep me in your prayers.🙏
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।