१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोटको प्रक्रिया सार्वजनिक

 मंसिर २९, २०७७ सोमबार ६:०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सन् २०२२ मा वेष्ट इन्डिजमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले छनोटको प्रक्रिया सार्वजनिक गरेको छ ।

जसमा नेपालले विश्वकपमा स्थान बनाउन एसिया छनोट पार गर्नुपर्ने भएको छ । आईसीसीले सार्वजनिक गरेको छनोट प्रक्रियाअनुसार नेपालले यूएईमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्ने भएको छ । छनोट प्रतियोगितामा नेपाल च्याम्पियन भए विश्वकपमा स्थान बनाउनेछ ।

सन् २०२१ मा हुने छनोट प्रतियोगिताका लागि नेपालले सोझै एसिया छनोटमा स्थान बनाएको छ । नेपालसँगै यूएई र मलेसियाले पनि सोझै एसिया छनोटमा पुगेका छन् । बाँकी दुई टिम रिजनल छनोटबाट आउने छन् । जसमा भुटान, हङकङ, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर र थाइल्याण्ड खेल्ने भएका छन् ।

रिजनल छनोटबाट शीर्ष दुईमा स्थान बनाउने टिमले एसिया छनोट खेल्नेछन् । जसमा नेपालसहित पाँच टिमको सहभागिता रहनेछ। छनोट प्रतियोगिता कहिले हुन्छ भनेर मिति तोक्न बाँकी छ ।

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया