न्युजिल्याण्डले जित्याे वेस्ट इन्डिजसँगको टेस्ट शृङ्खला

 मंसिर २९, २०७७ सोमबार १२:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वेस्ट इण्डिजसँगको दुई खेलको टेस्ट शृङ्खला न्युजिल्याण्डले जितेको छ ।

विलिङ्गटनमा आज दोस्रो टेस्टमा एक इनिङ्ग र १२ रनको जित निकाल्दै न्युजिल्याण्डले श्रृङ्खला २-० ले जितेको हो । दोस्रो इनिङ्समा वेस्ट इण्डिज ३ सय १७ रनमा अलआउट भएपछि न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो।

फलो अनमा परेको वेस्ट इण्डिजका लागि दोस्रो इनिङ्समा जोन क्याम्पबेलले ६८ रन बनाए । यस्तै कप्तान जासन होल्डरले ६१ र जोसुवा डा सिल्भाले ५७ रन जोडे । न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र निल वाग्नेरले ३/३ विकेट लिए ।

टिम साउथी र केली जेमिसनले २/२ विकेट लिए । यसअघि पहिलो इनिङ्समा १ सय ३१ रन जोडेपछि न्युजिल्याण्डले वेस्ट इण्डिजलाई ब्याटिङमा पठाएको थियो । घरेलु टोली न्युजिल्याण्डले पहिलो इनिङ्समा ४ सय ६० रन बनाएको थियो । न्युजिल्याण्डका हेनरी निकोलसले १ सय ७४ रनको शतकीय पारी खेले ।

पहिलो टेस्टमा न्युजिल्याण्डले एक इनिङ्स र १ सय ३४ रनको जित निकालेको थियो । यी दुई देशबीच भएको टी ट्वान्टी शृङ्खला पनि न्युजिल्याण्डले नै जितेको थियो ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया