सन् २०३० को एसियन गेम्सको जिम्मा कतारलाई

 पुष २, २०७७ बिहीबार ७:२७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतारले सन् २०३० को एसियन गेम्स आयोजनाको जिम्मा पाएको छ । भोटिङका आधारमा कतारले साउदी अरेबियालाई पछि पार्दै एसियन गेम्सको जिम्मा पाएको हो ।

ओमानको मस्कटमा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन् २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाउनुभएको थियो । यस्तै सन् २०३४ को एसियन गेम्सको जिम्मा भने साउदी अरेबियाले पाएको छ ।

सन् २०३० को एसियन गेम्सका लागि भोटिङ आफ्नो पक्षमा पार्न कतारको टिम नेपाल पनि आएको थियो । त्यसपछि साउदी अरेबियाले पनि भोटका लागि पहल गरेको थियो । यसअघि नै बढी भोट पाउने देशले सन् २०३० को एसियन गेम्सको आयोजना गर्ने र दोस्रो हुनेले सन् २०३४ को आयोजना गर्ने सहमति भएको थियो । जसका कारण लगातार दुई संस्करणको आयोजकको टुंगो लागेको हो । सन् २०३४ को एसियन गेम्स रियादमा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया