गैँडाकाे आक्रमणबाट नवलपरासीमा एक जनाकाे ज्यान गयाे
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – पाकिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्याण्ड पाँच विकेटले विजयी भएको छ ।
अक्ल्याण्डमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५३ रन बनायो । पाकिस्तानका कप्तान शदाब खानले सर्वाधिक ४२ रन बनाए । यस्तै फाहिम फहिम अशर्फले ३१ रनको योगदान गर्दा इमाद वासिमले १९ तथा मोहम्मद रिजवानले १७ रन बनाए ।
न्युजिल्याण्डका ज्याकाेब डुफेले चार विकेट लिए ।
एक सय ५४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १८ ओभर ५ बलमा पाँच विकेट गुमाउँदै भेट्यायाे । न्युजिल्याण्डका टिम सेइफेर्टले ५७, मार्क चापम्यानले ३४ रन र ग्लेन फिलिप्सले २३ रन बनाए ।
यो जितसँगै न्युजिल्याण्डले तीन खेलको श्रृङ्खलामा एक–शून्यको अग्रता बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।