इतिहासकै न्यून स्कोरमा समेटियो भारत, कुनै पनि खेलाडीले बनाएनन् दोहोरो अंकको रन

 पुष ४, २०७७ शनिबार १२:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले आफ्नो टेष्ट इतिहासकै न्यून स्कोरको रेकर्ड बनाएको छ ।

अष्ट्रेलियासँगको पहिलो टेष्टको दोस्रो पारीमा ३६ रन मात्रै बनाउन सकेपछि भारतको न्यून स्कोरको रेकर्ड बनेको हो । यसअघि सन् १९७४ मा भारतले इङ्ल्याण्डसँगको खेलमा ४२ रन मात्रै बनाएको थियो ।

भारतलाई इतिहासकै न्यून स्कोरमा समेट्न अस्ट्रेलियाका प्याट कमिन्सले ४ र जोस हजलउडले ५ विकेट लिए । आज ९ रनमा एक विकेट गुमाएको अवस्थाबाट खेल थालेको भारतले ९ विकेटको क्षतिमा ३६ रन मात्र बनायो । भारतका मोहम्मद शामी घाइते भएका कारण अष्ट्रेलियालाई ९० रनको चुनौती दिएको छ ।

यसअघि भारतका पृथ्वी शाव चार रनमा आउट भए । मय‌ंक अग्रवाल ९, हनुमान विहारी ८, विराट कोहली र रिद्धीमान शाह ४/४, जस्प्रित बुमराह २, पुजारा, अजेयंके रहाणे र रविचन्द्रन आश्विन रन नै जोड्न सकेनन् । भारतले पहिलो पारीमा दुई सय ४४ रन बनाएको थियो ।

उसका लागि विराट कोहलीले ७४, चेतेश्वर पुजाराले ४३ र अजिन्क्या रहाणेले ४२ रन बनाए । अस्ट्रेलियाले पहिलो पारीमा एक सय ९१ रन बनायो । उसका लागि टिम पेनले सर्वाधिक ७३ रन बनाए । त्यस्तै मार्नुस लाबुशेनले ४७ रनको योगदान गरे । बलिङतर्फ भारतका रविचन्द्रन अश्विनले चार तथा उमेश यादवले तीन विकेट लिए ।

यी दुई देशले चार खेलको टेस्ट शृङ्खला खेल्न लागेका हुन् ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया